फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा | Khabarhub Khabarhub

फेवा मिच्नेहरू चैनले सुत्न पाउँदैनन् : देवकोटा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– माओवादी केन्द्रको भ्रातृसंस्था योङ कम्युनिस्ट लिग (वाईसीएल) का केन्द्रीय संयोजक सुमन देवकोटाले भ्रष्टाचार गर्ने र फेवा मिच्नेलाई चैनले सुत्न नदिने चेतावनी दिएका छन् । तालको जग्गा हडपेर संरचना बनाउनेलाई सडकमा ल्याउने उनले बताए ।

‘सरकारसँग विनम्र आग्रह गर्छौं कि फेवाको सबै जग्गा राज्यको नाममा ल्याओस् । नभए कसले तालको जग्गा मिचेको छ, उसलाई सडकमा निकाल्छौं,’ उनले भने, ‘ताल मिचेर खानेहरूले चैनको निद्रा सुत्न पाउँदैनन् । वाईसीएलले उनीहरूलाई सुत्न दिँदैन ।’

पोखरामा शनिबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारी सम्पत्ति मिचेर व्यक्तिगत स्वार्थमा चलाउनेलाई नांगेझार पार्ने चेतावनी दिए । उनले सबै वडामा संगठन विस्तार गर्ने र पालिकाका सबै भ्रष्टाचार पर्दाफास पार्ने दाबी गरे । ‘पालिकामा भ्रष्टाचार धेरै भएका छन् । हाम्रो मुख्य एजेन्डा भ्रष्टाचार विरोधी काम हो,’ देवकोटाले भने, ‘कसले कति खायो, विकासको अवस्था कस्तो छ ? हामी खोज्छौं र निकाल्छौं ।’

उनले एमसीसी देशको स्वाधीनता र सार्वभौमविरुद्ध भएको तर्क गरे । ‘संविधान बन्धकी राखेर कुनै पनि देशको अनुदान नेपाललाई स्वीकार्य छैन । माओवादीले त्यो स्पष्टसँग भनिसकेको छ,’ उनले थपे, ‘वाईसिएल पनि एमसीसी यही हालतमा स्वीकार्न सक्दैन ।’ न्यूज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ४० बजे

हेरोइनसहित सप्तरबाट दुई जना पक्राउ

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी

माथिल्लो सेती जलविद्युतमा कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं– सुदूरपश्चिमको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती

बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा

पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको