अफगानिस्तानमा सहयोग गर्न राष्ट्र सङ्घको आग्रह « Khabarhub

अफगानिस्तानमा सहयोग गर्न राष्ट्र सङ्घको आग्रह


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गरेका छन् ।

गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रह गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्र सङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, ‘संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । हामी अफगानी जनताको समर्थन गर्न को लागि तपाइँ सबैसँग काम गर्न को लागि तत्पर छौँ ।’

अफगानिस्तानको हालको स्थिति छिटो र अप्रत्याशित ढङ्गले विकसित हुँदै गएको छ । तर अफगानी जनता चरम गरिबीको उन्मूलन गर्न, रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःयथावतरूपमा सञ्चालन होस् भन्ने चाहान्छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानको मानवीय स्थितिलाई असाध्यै निराशाजनक भन्दै खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका निम्ति जोड दिएका थिए । एएनआई

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ५० बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज