जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने | Khabarhub Khabarhub

जसपा संविधान दिवसको कार्यक्रममा सहभागी नहुने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको सत्ता गठबन्धनको एक महत्वपूर्ण दल जनता समाजवादी पार्टी (जसपा) ले संविधान दिवस नमनाउने भएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको भन्दै संविधान दिवस सम्बन्धी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएका छन् । आइतबार मनाइने संविधान दिवसमा भाग नलिने उनले बताएका छन् ।

‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ ।

मधेश केन्द्रित जसपाले संविधान संशोधन हुनुपर्ने माग उठाउँदै आएको छ । उसले संसदमा संविधान संशोधनका लागि विधेयक पनि दर्ता गराएको छ । २०७२ असोज ३ गते संविधान जारी हुँदा मधेश केन्द्रित दलहरुले भने विरोध जनाएर तराइमा विरोध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ४० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव