‘पासो’मा फरक रिस्ता « Khabarhub

‘पासो’मा फरक रिस्ता


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री रिस्ता बस्नेतको आक्रामक रुपलाई देखाउँदै फिल्म ‘पासो’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकसँगै निर्माण पक्षले आगामी चैत १८ लाई फिल्म रिलिजको मिति पनि घोषणा गरेको छ ।

सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण गरिएको छ ।

फिल्मका निर्देशक आरबी पुनले यी दुई पात्रले आफूलाई खतरनाक परिस्थितिबाट जिवित राख्न गरेको संघर्षको कथालाई देखाइने बताए । फिल्ममा पुनको नै कथा, पटकथा तथा संवाद छ ।

भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइभल जनरामा छ । फिल्ममा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल र प्रणव आकाशको अभियन छ ।

वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाईको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्म जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ३५ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा