‘पासो’मा फरक रिस्ता « Khabarhub

‘पासो’मा फरक रिस्ता


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री रिस्ता बस्नेतको आक्रामक रुपलाई देखाउँदै फिल्म ‘पासो’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकसँगै निर्माण पक्षले आगामी चैत १८ लाई फिल्म रिलिजको मिति पनि घोषणा गरेको छ ।

सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण गरिएको छ ।

फिल्मका निर्देशक आरबी पुनले यी दुई पात्रले आफूलाई खतरनाक परिस्थितिबाट जिवित राख्न गरेको संघर्षको कथालाई देखाइने बताए । फिल्ममा पुनको नै कथा, पटकथा तथा संवाद छ ।

भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइभल जनरामा छ । फिल्ममा सुनिसा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल र प्रणव आकाशको अभियन छ ।

वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा सूर्य दयालुको संगीत, उत्तम हुमागाईको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्म जीजीए गु्रप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १२ : ३५ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको