गमगढी आगलागीमा ३५ करोडको क्षति, ८० परिवार विस्थापित « Khabarhub

गमगढी आगलागीमा ३५ करोडको क्षति, ८० परिवार विस्थापित


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– सदरमुकाम गमगढीको तल्लो बजारमा मंगलबार राति भएको आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ जिल्ला प्रहरी कार्यालय मुगुको तथ्यांक अनुसार उक्त आगलागीमा ८० परिवार विस्थापित भएका छन् ।

जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् । यस्तै पीडितले दिएको जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए ।

उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ ।

साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेको प्रहरीको भनाइ छ ।

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : १२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी