केपी ओली विश्वकै उत्कृष्ट नेता हो: प्रभु साह « Khabarhub

केपी ओली विश्वकै उत्कृष्ट नेता हो: प्रभु साह


२ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् ।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता साहले विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशासमेत ओलीसँग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक़ रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीजीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिएको नेता साहको भनाइ छ ।

‘संसारका जुनसुकै देशका नेताहरूले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरूको बीचमा अवस्थित छ । दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएको छ । दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन ।’

‘अध्यक्ष ओलीकै नेतृत्व भएकोले मात्र वर्षोदेखि गुमेको नेपाली भुमीसहितको नेपालको नक्सा सार्वजनिक गर्दै हाम्रो भुभागलाई फिर्ता लिने कार्यको थालनी भएको हो । जो नेपालको इतिहासमा नयाँ हो,’ नेता साहले भने ।

नेता साहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत केपी ओलीको विकल्प नरहेको समेत बताए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार  १ : ५६ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र