कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप : रुकुम पश्चिमको राडी बजारमा निषेधाज्ञा « Khabarhub

कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप : रुकुम पश्चिमको राडी बजारमा निषेधाज्ञा


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजार क्षेत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनद्वारा जारी सूचना

कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिग प्रहरीले हवाइ फायर तथा अश्रुग्यास समेत प्रहार गरेको थियो ।

नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ०९ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको