कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप : रुकुम पश्चिमको राडी बजारमा निषेधाज्ञा « Khabarhub

कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप : रुकुम पश्चिमको राडी बजारमा निषेधाज्ञा


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजार क्षेत्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार साँझ ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनद्वारा जारी सूचना

कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिग प्रहरीले हवाइ फायर तथा अश्रुग्यास समेत प्रहार गरेको थियो ।

नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ०९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग