निर्वाचन कार्यालय नवलपुरद्वारा मतदाता नामावलीमा भएका त्रुटी सच्याउन आग्रह | Khabarhub Khabarhub

निर्वाचन कार्यालय नवलपुरद्वारा मतदाता नामावलीमा भएका त्रुटी सच्याउन आग्रह


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि चुनाव तय गरेपछि नवलपरासीपूर्वमा निर्वाचन कार्यालयले तयारी थालेको छ ।

मध्यावधि निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले मतदाता नामावली अध्यावधिक कार्यक्रम अघि बढाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले नवलपरासी पूर्वका सबै स्थानीय तहको केन्द्रमा आगामी माघ १६ र १७ गते मतदाता नामावलीका बारेमा कुनै पनि निवेदन र उजुरी दिन सकिने जनाएको छ ।

मतदाता नामावालीमा रहेको त्रुटी सच्चाउन, नामावलीमा झुठा विवरण भए उजुरी दिन, दुई ठाउँमा नामावली भएमा एक स्थानमा मात्रै कायम गर्न निवेदन दिन तथा मृत्यु, नागरिकता त्यागेका वा बसाइ सराइ गरी अन्यन्त्र गएका ब्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिनका लागि निर्वाचन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले जरुरी सूचना प्रकाशित गरी मतदाता नामावलीकाबारेमा जिल्लाको ८ वटै स्थानीय तहको केन्द्रमा उजुरी दिन सकिने जनाएको छ ।

यस्तो छ सूचना

 

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ३५ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज