नवलपुर– सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि चुनाव तय गरेपछि नवलपरासीपूर्वमा निर्वाचन कार्यालयले तयारी थालेको छ ।
मध्यावधि निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वले मतदाता नामावली अध्यावधिक कार्यक्रम अघि बढाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले नवलपरासी पूर्वका सबै स्थानीय तहको केन्द्रमा आगामी माघ १६ र १७ गते मतदाता नामावलीका बारेमा कुनै पनि निवेदन र उजुरी दिन सकिने जनाएको छ ।
मतदाता नामावालीमा रहेको त्रुटी सच्चाउन, नामावलीमा झुठा विवरण भए उजुरी दिन, दुई ठाउँमा नामावली भएमा एक स्थानमा मात्रै कायम गर्न निवेदन दिन तथा मृत्यु, नागरिकता त्यागेका वा बसाइ सराइ गरी अन्यन्त्र गएका ब्यक्तिको नाम मतदाता नामावलीबाट हटाउन निवेदन दिनका लागि निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन कार्यालयले जरुरी सूचना प्रकाशित गरी मतदाता नामावलीकाबारेमा जिल्लाको ८ वटै स्थानीय तहको केन्द्रमा उजुरी दिन सकिने जनाएको छ ।
यस्तो छ सूचना














प्रतिक्रिया