बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि विभागको कारबाही | Khabarhub Khabarhub

बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि विभागको कारबाही


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी उपभोक्ता ठग्ने दुई तेल कम्पनीमाथि कारबाही गरेको छ ।

बारा जिल्लास्थित अन्नपूर्ण भेजिटेवल प्रा.लि. र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रा.लि.ले उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरी खाने तेल बिक्री वितरण गरेको पाइएपछि दुबै कम्पनीलाई ३ लाखका दरले जरिवाना गरेको विभागले जनाएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले उक्त दुई तेल कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ (२) (क) विपरीत खाने तेल बिक्री वितरण गरेको पाइएकोले जरिवाना गरिएको जानकारी दिए ।

‘ऐनको बमोजिम दुबै कम्पनीलाई ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको छ,’ निर्देशक सेढाईंले भने,’अस्वभाविकरुपमा बढाइएको मूल्यवृद्धि सच्याउन निर्देशन समेत दिइएको छ । निर्देशनको पालना नभएको अवस्थामा कानून बमोजिम थप कारबाही हुनेछ।’

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ०९ बजे

सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो

काठमाडौं – सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी