‘पापराजी’बाट सन्तान जोगाउने रणनीतिमा सैफ–करीना ! « Khabarhub

‘पापराजी’बाट सन्तान जोगाउने रणनीतिमा सैफ–करीना !


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– आम मानिसहरु कसैको नयाँ सन्तान हेर्न लालयित हुन्छन् । तर सेलिब्रेटीहरु भने आफ्नो सन्तानको गोपनियताको सुरक्षा गर्न चाहन्छन् ।

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान दोस्रोपटक आमाबाबु बन्ने संघारमा छन् ।

त्यसैले हालैमात्र आमाबाबु बनेका बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीलाई उनीहरु पछ्याउने रणनीतिमा छन् ।

छोरीको जन्मपछि विराट र अनुष्काले छोरीको गोपिनयताको रक्षा गर्नका लागि ‘पापराजी’ (स्वतन्त्र फोटोग्राफर) लाई विशेष अनुरोध गरेका थिए ।

अब यो सूत्रलाई सैफ र करीना जोडीले अपनाउँदैछन् ।

विराट र अनुष्काले पापराजीका लागि सूचनामात्र नभई उपहार पनि पठाएका थिए । उनीहरुले आफ्नो साथीहरुलाई कुनै उपहार वा फूल नपठाउनसमेत उर्दी जारी गरेका थिए ।

विराट र अनुष्काको यो सूत्रलाई मनन गर्दै करीना र सैफ यही रणनीति अपनाउदैछन् ।

सैफ र करीनाले पहिलो सन्तान तैमूरलाई पापराजीबाट टाढा राख्न सकेनन् । तैमूरलाई मिडिया प्रेमी बनाउदा उनीहरुले भोगेको अनेक समस्यालाई दृष्टिगत गर्दै सैफ र करीनाले दोस्रो सन्तान जन्मनु अघि कठोर निर्णय लिएको उनीहरुका नातेदारको बुझाइ छ ।

‘बलिउड स्टारका तुलनामा विराट कोहली एक ठूला सुपरस्टार हुन् । यदि उनले पापराजीबाट आफ्नो सन्तानलाई टाढा राख्नका लागि यो ट्रेन्ड चलाएका हुन् भने बलिउडले यो शैलीलाई पछ्याउनुपर्छ’, एक फिल्मकर्मीले भनेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ५६ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’