‘पापराजी’बाट सन्तान जोगाउने रणनीतिमा सैफ–करीना ! « Khabarhub

‘पापराजी’बाट सन्तान जोगाउने रणनीतिमा सैफ–करीना !


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– आम मानिसहरु कसैको नयाँ सन्तान हेर्न लालयित हुन्छन् । तर सेलिब्रेटीहरु भने आफ्नो सन्तानको गोपनियताको सुरक्षा गर्न चाहन्छन् ।

बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूर खान दोस्रोपटक आमाबाबु बन्ने संघारमा छन् ।

त्यसैले हालैमात्र आमाबाबु बनेका बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति विराट कोहलीलाई उनीहरु पछ्याउने रणनीतिमा छन् ।

छोरीको जन्मपछि विराट र अनुष्काले छोरीको गोपिनयताको रक्षा गर्नका लागि ‘पापराजी’ (स्वतन्त्र फोटोग्राफर) लाई विशेष अनुरोध गरेका थिए ।

अब यो सूत्रलाई सैफ र करीना जोडीले अपनाउँदैछन् ।

विराट र अनुष्काले पापराजीका लागि सूचनामात्र नभई उपहार पनि पठाएका थिए । उनीहरुले आफ्नो साथीहरुलाई कुनै उपहार वा फूल नपठाउनसमेत उर्दी जारी गरेका थिए ।

विराट र अनुष्काको यो सूत्रलाई मनन गर्दै करीना र सैफ यही रणनीति अपनाउदैछन् ।

सैफ र करीनाले पहिलो सन्तान तैमूरलाई पापराजीबाट टाढा राख्न सकेनन् । तैमूरलाई मिडिया प्रेमी बनाउदा उनीहरुले भोगेको अनेक समस्यालाई दृष्टिगत गर्दै सैफ र करीनाले दोस्रो सन्तान जन्मनु अघि कठोर निर्णय लिएको उनीहरुका नातेदारको बुझाइ छ ।

‘बलिउड स्टारका तुलनामा विराट कोहली एक ठूला सुपरस्टार हुन् । यदि उनले पापराजीबाट आफ्नो सन्तानलाई टाढा राख्नका लागि यो ट्रेन्ड चलाएका हुन् भने बलिउडले यो शैलीलाई पछ्याउनुपर्छ’, एक फिल्मकर्मीले भनेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १० : ५६ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’