लडाकु विमानले बिजुलीको तार काट्दा गाउँ अन्धकार « Khabarhub

लडाकु विमानले बिजुलीको तार काट्दा गाउँ अन्धकार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्सेली सेनाका दुई विमान बिजुलीको तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बुधवार अपराह्न जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किएको बीबीसीले जनाएको छ ।

तालिमका क्रममा जमिन नजिकबाट गुडेका दुई रफाल विमानले तार काटेका थिए । यसबारेमा थप अनुसन्धान थालिएको छ ।

स्थानीयहरुले ती रफाल विमान जमिनको नजिकैबाट आएको र विमानले ठूलो आवाज निकालेको बताएका छन् । स्थानीयले दुईमध्ये एक विमानले तार चुँडाएको आफूहरुले देखेको प्रतिक्रिया दिएका छन् ।

सुरक्षाको कारण देखाउँदै उक्त गाउँमा केही समय सडक अवरुद्ध पनि गरिएको थियो भने विद्युत पनि बन्द गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको फ्रान्सेली पत्रिकाहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ०३ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको