लडाकु विमानले बिजुलीको तार काट्दा गाउँ अन्धकार « Khabarhub

लडाकु विमानले बिजुलीको तार काट्दा गाउँ अन्धकार


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्सेली सेनाका दुई विमान बिजुलीको तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।

बुधवार अपराह्न जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किएको बीबीसीले जनाएको छ ।

तालिमका क्रममा जमिन नजिकबाट गुडेका दुई रफाल विमानले तार काटेका थिए । यसबारेमा थप अनुसन्धान थालिएको छ ।

स्थानीयहरुले ती रफाल विमान जमिनको नजिकैबाट आएको र विमानले ठूलो आवाज निकालेको बताएका छन् । स्थानीयले दुईमध्ये एक विमानले तार चुँडाएको आफूहरुले देखेको प्रतिक्रिया दिएका छन् ।

सुरक्षाको कारण देखाउँदै उक्त गाउँमा केही समय सडक अवरुद्ध पनि गरिएको थियो भने विद्युत पनि बन्द गरिएको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको फ्रान्सेली पत्रिकाहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ४ : ०३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान