प्रदेश-२ प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति « Khabarhub

प्रदेश-२ प्रमुख हटाइएकोमा काँग्रेसको आपत्ति


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई गरेको बर्खास्तको नेपाली काँग्रेसले भर्त्सना गरेको छ ।

काँग्रेसको तर्फबाट प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्त र नयाँ नियुक्तिको विरोध र भर्त्सना गरेका हुन् ।

‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढङ्गले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोराएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ‘ विज्ञप्तिमा उल्लेख छ ।

‘संसद् विघटनको असंवैधानिक कदम पश्चात् काम चलाऊ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै मिल्दैन र पाइन्न ।’ शर्माले भनेका छन् ।

सो कदमको विरोध जनाउँदै नेपाली काँग्रेसले स्वेच्छाचारी ढङ्गले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : ५८ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता