आईपीएलमा दिल्लीको दोस्रो जित « Khabarhub

आईपीएलमा दिल्लीको दोस्रो जित


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दिल्ली क्यापिटल्सले आईपीएलमा दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए ।

मार्कुस स्टोनिस २७ रनमा अविजित रहे । ललित यादव १२ रनमा अविजित रहे । पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।

अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा २ अंक जोडेको पन्जाब सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु