प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त विद्यालयको भवन भूकम्प गएको करिब ६ वर्षपछि जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले विद्यालय भवनको उद्घाटन गर्दै पाटन माध्यमिक विद्यालयले नेपालको इतिहासलाई जोडेको बताए । उनले भने, ‘यहाँ गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ ।’

भवन निर्माण गर्न जापान सरकारले करीब १८ करोढ ३१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्राधिकरण जनाएको छ ।

पाटन विद्यालयको स्थापना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरकोले १९८१ सालमा गरेका थिए ।

सुरुमा पाटन दरबारको कोतमा यो विद्यालय स्थापना भएको थियो । वि.स १९९० मा गएको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि विद्यालयलाई केही समयका लागि लगनखेलमा सारिएको थियो ।

त्यसपछि नयाँ भवन निर्माण गरी पाटनढोकामा सारिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ३७ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय