प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीद्वारा पाटन माविको भवन उद्घाटन


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्मित भवनको उद्घाटन गरेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको उक्त विद्यालयको भवन भूकम्प गएको करिब ६ वर्षपछि जापान सरकारको ऋण सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले विद्यालय भवनको उद्घाटन गर्दै पाटन माध्यमिक विद्यालयले नेपालको इतिहासलाई जोडेको बताए । उनले भने, ‘यहाँ गुणस्तरीय शिक्षा उपलब्ध हुनेछ ।’

भवन निर्माण गर्न जापान सरकारले करीब १८ करोढ ३१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्राधिकरण जनाएको छ ।

पाटन विद्यालयको स्थापना तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरकोले १९८१ सालमा गरेका थिए ।

सुरुमा पाटन दरबारको कोतमा यो विद्यालय स्थापना भएको थियो । वि.स १९९० मा गएको भूकम्पका कारण विद्यालयको भवनमा क्षति पुगेपछि विद्यालयलाई केही समयका लागि लगनखेलमा सारिएको थियो ।

त्यसपछि नयाँ भवन निर्माण गरी पाटनढोकामा सारिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ३७ बजे

प्रधानमन्त्री ओलीले गरे एकैपटक मधेसका ६४ सडक योजनाको शिलान्यास

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्त्वाकाङ्क्षी तथा

नारायण चौरमा राजावादी-प्रहरी घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन तेस्रो दिनमा पुग्दा आइतबार

देउवा भन्छन्- कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वातावरण तथा जलवायु

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राधिका शाक्य

भक्तपुर– प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै

सामुदायिक वन व्यवस्थापनको पहल गर्दै स्थानीय सरकार

राँझा– बाँकेमा सबैभन्दा बढी वनक्षेत्र रहेको राप्तीसोनारी गाउँपालिकाले सामुदायिक वन