कोरोना महामारी नियन्त्रणका लागि सहयोग जुटाउन सक्रिय राजदूत भण्डारी « Khabarhub

कोरोना महामारी नियन्त्रणका लागि सहयोग जुटाउन सक्रिय राजदूत भण्डारी


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनलगायत स्वास्थ्य सामग्रीको हाहाकार भएपछि सहयोग जुटाउन कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले पहल थालेका छन् ।

ईदको बिदा सकिए लगत्यै कुवेत सरकारका विभिन्न निकायका प्रतिनिधिहरूसँगको भेटघाटलाई तिब्र बनाएको नेपाली दूतावास स्रोतले जनाएको छ । मंगलबार मात्र राजदूत भण्डारीले कुवेत रेड क्रिसेन्ट सोसाइटीका अध्यक्ष डा. हिलाल अल सयेरसंग भेटवार्ता गरेको कुवेत न्युज एजेन्सीले जनाएको छ ।

उनीहरू बीच भएको भेटमा नेपालमा पछिल्लो समय तिब्र रुपमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न अक्सिजन लगायत स्वास्थ्य सामग्रीको अभाव भएको कारण महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् ।

विगतमा विभिन्न रोगबाट पीडित न्यून भएका ४० भन्दाबढी नेपालीहरूको कुवेतका स्वास्थ्यकर्मीहरूको टोलीले कम शुल्कमा शल्यक्रिया गरेको स्मरण गराउँदै अध्यक्ष डा. अल सयेरले महामारीबिरुद्ध लड्न पनि नेपालको रेडक्रससंग समन्वय गरेर आवश्यक सहयोग गर्न तत्पर रहेको बताए ।

राजदूत भण्डारीले कोरोना महामारी संकटको बीचमा कुवेत रेड क्रिसेन्ट सोसाइटीले बिशेष बिपत्तिबाट पीडितहरूलाई उद्धार गर्ने प्रयासको प्रसंशा गरेका थिए ।

केही दिनअघि मात्र सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड-१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुल बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री जुटाउनका लागि अधिकतम प्रयत्न गर्न निर्देशन दिए लागत्यै राजदूत भण्डारी सहयोग जुटाउन सक्रिय भएका हुन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : ३१ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित