२५ युवतीका प्रेमी थिए अनिल « Khabarhub

२५ युवतीका प्रेमी थिए अनिल


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा केही यस्ता प्रेमकथा छन्, जुन कथा सुन्दा मानिसहरु रोमाञ्चित हुन्छन् । अभिनेता अनिल कपूरको प्रेमकथा यस्तै रोचक छ ।

दैनिक जागरणअनुसार उनले २५ युवतीसँग प्रेम गरे र २६ औं युवती सुनीता कपूरलाई आफ्नो श्रीमति बनाए । तर उनले सुनीतालाई त्यति सजिलै आफ्नो श्रीमति बनाउन पाएनन् । दुवैको विवाह भएको ३७ वर्ष पुगिसकेको छ ।

विवाह अघि अनिल कपूरको जीवनमा धेरै युवतीहरु आए । ‘मैले स्कुल जीवनदेखि नै मोजमस्ती सुरु गरिसकेको थिएँ । मलाई पढाईमा ध्यान थिएन । त्यहीकारण म कलेजको क्यान्टिनमा गएर बस्थें । क्यान्टिनमा बसेर ३,४ जना युवतीसँग डेट गरें । त्यसपछि मैले करिब २० देखि २५ जना युवतीलाई प्रेमिका बनाएँ । तर सुनिता नै मेरो जीवनको उत्कृष्ट प्रेमिका थिइन्’, उनले भनेका छन् ।

सुनीताको नम्बर उनको कोही साथीले अनिललाई प्रेंक कल गर्नका लागि दिएका थिए । तर जब अनिलले सुनीतासँग कुरा गरे, सुनीताको स्वरबाट उनी प्रभावित भए । त्यसपछि उनीहरुको भेट एक पार्टीमा भयो र पहिलो नजरमै उनले सुनीतालाई मनपराए ।

त्यसपछि विस्तारै कुराकानी गर्न थाले र सुनीतासँग नजिक हुन पुगे । सन् १९८५ मा अनिलले फिल्म ‘मेरी जंग’मा अभिनयको अवसर पाए । उनले १९८४ मे १७ मा फिल्म साइन गरे । त्यसको भोलिपल्ट सुनीतालाई प्रपोज गरे र पर्सीपल्ट विवाह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ३ : ३५ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली