‘टालो’मा छाउपडी पीडा « Khabarhub

‘टालो’मा छाउपडी पीडा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको मध्य तथा सुदुरपश्चिमका पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली फिल्म ‘टालो’ निर्माण भएको छ । दीपक श्रेष्ठको पटकथा, निर्देशन र सम्पादन रहेको फिल्म ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

निहारिका फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा रिम विश्वकर्मा, अञ्जली खड्का, प्रेम देव गिरि, सुशीला सिञ्जापती, सुशीला सिंह, उदय बिके, गगन बिके, एलिशा बादी, सम्झना बादी, खगेन्द्र केपी, भुपेश सोनी, शेरबहादुर, खगेन्द्र जैसी, जमुना विकलगायतको अभिनय छ ।

रिम विश्वकर्माको कथा रहेको फिल्ममा मेलिना राई, शान्तिश्री परियार, ऋषि खड्काको स्वर, रमेश बिजी र ऋषि खड्काको शब्द, उत्तम रिमालको द्वन्द्व समावेश छ ।

कथाकार तथा निर्माता रिमले छुई (मासिक श्राव) को समयमा महिलालाई छ दिनसम्म घरमा बस्न नदिइ गोठ वा जंगलमा सानो गोठ बनाएर बस्न बाध्य गराइने अमानवीय कुप्रथाको उन्मुलनमा सहयोग पुर्‍याउन फिल्म निर्माण गरिएको बताए ।

निर्देशक दीपकले कथामा जीवन्तता आओस् भन्ने हेतुले स्थानीय कलाकारलाई नै अभिनय गराइएको खुलाए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १ : २५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर