ऐश्वर्याका कारण ट्रोल बने सलमान « Khabarhub

ऐश्वर्याका कारण ट्रोल बने सलमान


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म ‘हम दिल दे चुके सनम’ले २२ वर्ष पुरा गरेको छ । सन् १९९९ जून १८ मा रिलिज यो फिल्ममा सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगन प्रमुख भूमिकामा थिए ।

त्रिकोणात्मक प्रेमकथाको फिल्मलाई दर्शकले निकै मनपराए । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा सलमान र ऐश्वर्याले समीर र नन्दिनीको भूमिका निभाएका थिए । जहाँ अजय वनराज चरित्रमा थिए ।

फिल्मले रिलिजको २२ वर्ष पुगेको अवसर पारेर सलमानले एक तस्वीर पोस्ट गरे । जहाँ सञ्जय र सलमानमात्र देखिएका छन् । उनले तस्वीरमा अभिनेत्री ऐश्वर्यालाई ट्याग गरेका छैनन् ।

सलमानले ऐश्वर्यालाई ट्याग नगर्दा ऐश्वर्याका फ्यान रिसाएका छन् । उनीहरुले ऐश्वर्यालाई ट्याग किन नगरेको भनेर प्रश्न गर्दै सलमानको ट्रोल बनाएका छन् ।

जबकी ऐश्वर्याले निर्देशक भन्सालीलाई धन्यवाद दिँदै कसैलाई ट्याग गरेकी छन् । यही फिल्मबाट ऐश्वर्या र सलमानको प्रेम सुरु भएको थियो । फिल्ममा जस्तै वास्तविक जीवनमा पनि उनीहरुको जोडीलाई रुचाइएको थियो ।

उनीहरुले आफ्नो प्रेमको बारेमा केही खुलाएका थिएनन् । ऐश्वर्या सलमानलाई लिएर निकै गम्भीर थिइन् । तर सलमानको उग्र स्वभावका कारण उनीहरुको सम्बन्ध लामो समय टिकेन ।

सलमान र ऐश्वर्याको ब्रेकअपको खबरले बलिउड बजार गर्माएको थियो । ऐश्वर्याले सलमानले आफूलाई कुटपिट तथा गालीगलोज गरेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  २ : ५० बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,