बाढी, पहिरो र डुबानमा परी एक सातामा १७ जनाको मृत्यु « Khabarhub

बाढी, पहिरो र डुबानमा परी एक सातामा १७ जनाको मृत्यु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्धार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् ।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ ।

गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । –रासस

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : २८ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा