नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता « Khabarhub

नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नुवाकोट र रसुवामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आज बिहान २:३० बजेको समयमा घरको करेसामा  पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ ।

यस्तै रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोले  घर पुरिँदा चार जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन्।

पहिरोले घाइते भएका ३६ वर्षीय श्यामबहादुर तामाङका अनुसार पहिरोले उनकी श्रीमती, दुई छोरी र एक छोरा बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी देवेन्द्र पाण्डेले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : ०८ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता