प्रेमी चोरेको आरोप लागेका यी अभिनेत्रीहरु « Khabarhub

प्रेमी चोरेको आरोप लागेका यी अभिनेत्रीहरु


३ भदौ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा ब्रेकअप र प्याचअपको खबर सामान्य हो । कहिले कुन कलाकार कोसँग देखिन्छन् भन्ने कुरा कसैलाई थाहा नै हुँदैन । यो उद्योगमा केही यस्ता अभिनेत्री छन्, जसमाथि दोस्रो अभिनेत्रीको प्रेमी चोरेको आरोप लाग्ने गरेको छ ।

अभिनेत्री आलिया भट्टको नाम रणवीर कपूरसँग जोडिन थालेपछि कटरीना कैफका फ्यानलाई ठूलो झड्का लाग्यो । किनकी कुनै समय कटरीना र रणवीर प्रेमी थिए । उनीहरुको विवाहको कुरासम्म चलिसकेको थियो । तर रणवीरको जीवनमा आलियाको प्रवेश पछि आलियालाई रणवीर चोरेको आरोप लाग्ने गरेको छ ।

अभिनेत्री दीपिका पादुकोण भन्दा अघि रणवीर सिंहको प्रेम अनुष्का शर्मासँग थियो । वर्षौ अघिसम्म रणवीर र अनुष्काको सम्बन्धलाई लिएर सञ्चारमाध्यम र फिल्मकर्मीमा चर्चाको विषय बनेको थियो । तर अचानक रणवीरको जीवनमा दीपिकाको प्रवेश भएपछि उनको अनुष्कासँग ब्रेकअप भयो ।

फिल्म ‘धडक’पछि जाह्नवी कपूर र इशान खट्टरको नाम खुबै जोडियो । ‘खाली पिली’को सुटिङपछि इशान अभिनेत्री अनन्या पाण्डेसँग नजिकिए । दुवैजना मालदिभ्समा बिदा मनाउन नै पुगेका थिए ।

फिल्म ‘राब्ता’को समयमा अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री कृति सेननको नजिकपना बढेको थियो । यसपछि सुशान्तको जीवनमा सारा अली खानको प्रवेश भयो ।

अंकिता लोखण्डे हालका दिनमा व्यापारी विक्की जैनसँग डेट गरिरहेकी छन् । उनीहरु चाँडै विवाह पनि गर्दैछन् । अंकित अघि विक्कीलाई टिया बाजपेयीसँग देखिन्थ्यो ।

एक समय अक्षय कुमारको नाम अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको थियो । तर केही वर्षपछि अक्षय र ट्विंकल खन्नाको विवाह हुन लागेको खबरले बलिउड गर्मायो ।

हालका दिनमा कटरीना कैफको नाम बलिउड अभिनेता विक्की कौशलसँग जोडिएको छ । कटरीना अघि विक्कीको जीवनमा ‘ब्रोकन बट ब्यूटीफूल’ फेम अभिनेत्री हरलीन सेठी थिइन् ।

प्रकाशित मिति : ३ भदौ २०७८, बिहिबार  १ : १५ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको