प्रेमी चोरेको आरोप लागेका यी अभिनेत्रीहरु « Khabarhub

प्रेमी चोरेको आरोप लागेका यी अभिनेत्रीहरु


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा ब्रेकअप र प्याचअपको खबर सामान्य हो । कहिले कुन कलाकार कोसँग देखिन्छन् भन्ने कुरा कसैलाई थाहा नै हुँदैन । यो उद्योगमा केही यस्ता अभिनेत्री छन्, जसमाथि दोस्रो अभिनेत्रीको प्रेमी चोरेको आरोप लाग्ने गरेको छ ।

अभिनेत्री आलिया भट्टको नाम रणवीर कपूरसँग जोडिन थालेपछि कटरीना कैफका फ्यानलाई ठूलो झड्का लाग्यो । किनकी कुनै समय कटरीना र रणवीर प्रेमी थिए । उनीहरुको विवाहको कुरासम्म चलिसकेको थियो । तर रणवीरको जीवनमा आलियाको प्रवेश पछि आलियालाई रणवीर चोरेको आरोप लाग्ने गरेको छ ।

अभिनेत्री दीपिका पादुकोण भन्दा अघि रणवीर सिंहको प्रेम अनुष्का शर्मासँग थियो । वर्षौ अघिसम्म रणवीर र अनुष्काको सम्बन्धलाई लिएर सञ्चारमाध्यम र फिल्मकर्मीमा चर्चाको विषय बनेको थियो । तर अचानक रणवीरको जीवनमा दीपिकाको प्रवेश भएपछि उनको अनुष्कासँग ब्रेकअप भयो ।

फिल्म ‘धडक’पछि जाह्नवी कपूर र इशान खट्टरको नाम खुबै जोडियो । ‘खाली पिली’को सुटिङपछि इशान अभिनेत्री अनन्या पाण्डेसँग नजिकिए । दुवैजना मालदिभ्समा बिदा मनाउन नै पुगेका थिए ।

फिल्म ‘राब्ता’को समयमा अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री कृति सेननको नजिकपना बढेको थियो । यसपछि सुशान्तको जीवनमा सारा अली खानको प्रवेश भयो ।

अंकिता लोखण्डे हालका दिनमा व्यापारी विक्की जैनसँग डेट गरिरहेकी छन् । उनीहरु चाँडै विवाह पनि गर्दैछन् । अंकित अघि विक्कीलाई टिया बाजपेयीसँग देखिन्थ्यो ।

एक समय अक्षय कुमारको नाम अभिनेत्री शिल्पा शेट्टीसँग जोडिएको थियो । तर केही वर्षपछि अक्षय र ट्विंकल खन्नाको विवाह हुन लागेको खबरले बलिउड गर्मायो ।

हालका दिनमा कटरीना कैफको नाम बलिउड अभिनेता विक्की कौशलसँग जोडिएको छ । कटरीना अघि विक्कीको जीवनमा ‘ब्रोकन बट ब्यूटीफूल’ फेम अभिनेत्री हरलीन सेठी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १ : १५ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने