राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघद्वारा प्रदर्शन (फोटोफिचर) « Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघद्वारा प्रदर्शन (फोटोफिचर)


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघले प्रदर्शन गरेको छ ।

महासंघले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको भन्दै विरोध गरिएको महासंघले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले भूमि आयोगलाई निरन्तरता दिनुपर्ने समेत माग गरे । सरकारले मुलुकलाई अस्थिरतातर्फ ढकेल्न खोजेको भन्दै राजनीतिक अस्थिरता र कुशासनका विरुद्ध खेलाडीको सहभागीमा प्रदर्शन गर्नुपरेको महासंघका अध्यक्ष रमेशकुमार पौडेलले जानकारी दिए ।

जनता र राष्ट्रियताका सवालमा सरकार कमजोर देखिएको उनले बताए । महासंघले सरकारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउँदै निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : २८ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण