राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघद्वारा प्रदर्शन (फोटोफिचर) « Khabarhub

राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघद्वारा प्रदर्शन (फोटोफिचर)


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोध गर्दै नेपाल खेलकुद महासंघले प्रदर्शन गरेको छ ।

महासंघले बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमनतिर ढल्किएको भन्दै विरोध गरिएको महासंघले जनाएको छ ।

प्रदर्शनमा सहभागीहरुले भूमि आयोगलाई निरन्तरता दिनुपर्ने समेत माग गरे । सरकारले मुलुकलाई अस्थिरतातर्फ ढकेल्न खोजेको भन्दै राजनीतिक अस्थिरता र कुशासनका विरुद्ध खेलाडीको सहभागीमा प्रदर्शन गर्नुपरेको महासंघका अध्यक्ष रमेशकुमार पौडेलले जानकारी दिए ।

जनता र राष्ट्रियताका सवालमा सरकार कमजोर देखिएको उनले बताए । महासंघले सरकारविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउँदै निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : २८ बजे

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख