वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस « Khabarhub

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् । उनलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो ।

शर्मा प्रस्तावित नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए।

बुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ लिएकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : ५६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा