वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस « Khabarhub

वाग्मती प्रदेश प्रमुखमा शर्मा सिफारिस


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले वाग्मती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण भएसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

वाग्मती प्रदेशमा सरकार परिवर्तन भएसँगै सरकारले प्रदेश प्रमुख फेर्न लागेको हो । हाल वाग्मती प्रदेश प्रमुखमा विष्णु प्रसाईं रहेका छन् । उनलाई सरकारले फिर्ता बोलाएर शर्मालाई पठाउने निर्णय गरेको हो ।

शर्मा प्रस्तावित नेकपा (एमाले-समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । उनले लामो समय नेता नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए।

बुधबार मात्रै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यले शपथ लिएकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ६ : ५६ बजे

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

बाँके– बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा