यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय  | Khabarhub Khabarhub

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय 


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले यही भदौ ७ गते पर्ने गाइजात्रा पर्वमा यसअघि काठमाडौँ उपत्यकाका लागि मात्र सार्वजनिक बिदा दिँदै आएकामा सो अवसरमा मुलुकभरका नेवार समुदायका लागिसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले यही भदौ १४ गते कृष्णजन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने र सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए ।

सरकारले काठमाडौँ तराई–मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न संरचनाको निर्माण गर्न मकवानपुरका कालभैरव र गौरीशङ्कर सामुदायिक वनमा परेका पाँच दशमलव २२ हेक्टर थप राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख कटाउन स्वीकृती दिने निर्णय गरेको छ ।

बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डिल्लीराम शर्मालाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले पदबाट दिएको राजीनामा गत साउन २२ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ७ : ३५ बजे

बेलकाको कार्यक्रम : ‘केराको रक्सी ब्राण्डीङ’ देखि ‘युवालाई विदेश होइन बिजनेस’ सम्म 

काठमाडौं–उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा

‘टेक एण्ड पे’ : सबै राजनीतिक दलका प्रमुख सचेतकलाई एसएमएस पठाएर खबरदारी 

 काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ‘टेक एण्डे पे’ प्रावधान

रास्वपा र राप्रपालाई कांग्रेसको प्रश्न- सदन बहिष्कार गरेर कति दिन चल्छ ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण

सांसद मोदीलाई गृहमन्त्रीको जवाफ- राजीनामा ठूलो कुरा होइन  

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफ्ना लागि

आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी तवरले अघि बढाउन लागेका छौँ : श्रममन्त्री

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार