चालक होइन अब बाटो परिवर्तन गरौँ : अध्यक्ष थापा « Khabarhub

चालक होइन अब बाटो परिवर्तन गरौँ : अध्यक्ष थापा


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनितिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि पुनः प्रश्न चिन्ह खडा भएको दाबी गरेका छन्।

पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभई व्यवस्था, नेता नभई नीति र चालक नभई बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने बताए।

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तीब्र आलोचना गरे।

सत्तारूढ दल काङ्ग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको थापाको कथन थियो।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग आज आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशन सँगै स्थानीय निकाय निर्वाचन सम्बन्धी विशेष कार्ययोजनासमेत प्रस्तुत गरे।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ८ : ३० बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान