ओमानद्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य « Khabarhub

ओमानद्वारा नेपाललाई १ सय २२ रनको लक्ष्य

सन्दीप र करणले लिए ४-४ विकेट


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १ सय २२ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए  ।सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४/४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

पहिलो खेपलमा पाँच विकेटले पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा छ । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : १६ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु