सुटिङको तीन दिनमै ‘बाजीराव मस्तानी’ छोड्न चाहन्थिइन् प्रियंका « Khabarhub

सुटिङको तीन दिनमै ‘बाजीराव मस्तानी’ छोड्न चाहन्थिइन् प्रियंका


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो अभिनयका कारण विश्वभर नाम कमाएकी छन् । उनी बलिउड र हलिउडमा बराबर काम गरिरहेकी छन् । त्यहीकारण हातमा राम्रो प्रोजेक्ट पनि पाइरहेकी छन् ।

बलिउडमा प्रियंकाले कैयौं फिल्ममा महत्वपूर्ण भूमिकामा अभिनय गरेकी छन् । उनका धेरै फिल्म बक्सअफिसमा हिट साबित भएका छन् । प्रियंकाको नाम लिँदा दर्शकले फिल्म ‘बाजीराव मस्तानी’को ‘काशीबाई’ चरित्रलाई बिर्सदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ कि प्रियंकाले यो फिल्म तीन दिनको सुटिङ पछि छोड्ने मनस्थिति बनाएकी थिइन् ।

फिल्मका अभिनेता रणवीर सिंहले फिल्म कम्पेनियनलाइ दिएको अन्तरवार्तामा यो कुराको खुलासा गरेका हुन् । ‘बाजीराव मस्तानीको सुटिङको बेला निर्देशक सञ्जय लीला भन्सालीको युनिक स्टाइलप्रति प्रियंका जानकार थिइनन् । मैले पहिलोपटक प्रियंकालाई यस किसिमको फिल्म छोड्दै गरेको देखें । उनले आफूलाई के भइरहेको छ भनेर सम्झन सकिरहेकी थिइनन् । बेलुकाको ९ बजेसम्म हामीहरु कुराकानीमा व्यस्त थियौं । प्रियंकाको एक सट पनि लिइएको थिएन । प्रियंका भन्सालीसँग काम गर्न तयार थिइनन्’, उनले भनेका छन् ।

रणवीरका अनुसार प्रियंका फिल्मको सुटिङको तेस्रो दिनमै सुटिङ सेट छोडेर गइरहेकी थिइन् । उनी फिल्म छोडेर घर जान चाहेकी थिइन् । तर उनले पुनः काम गर्ने मनस्थिति बनाएपछि फिल्ममा काम गरिन् र आफ्नो शानदार अभिनयले सबैलाई प्रभावित पारिन् ।

यो फिल्ममा रणवीर र प्रियंकासँगै दीपिका पादुकोणको पनि अभिनय रहेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : १६ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना