सरकारसँग सहमतिपछि रुबी खानले अनशन तोडिन् « Khabarhub

सरकारसँग सहमतिपछि रुबी खानले अनशन तोडिन्


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारसँग सहमति भएपछि रुबी खानले अनशन तोडेकी छन् । बाँकेका नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणमा न्याय माग गर्दै काठमाडौँ आएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशमा रिहा भएपछि उनी अनशन बसेकी थिइन् ।

गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने लिखित सहमित भएको छ।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समितिले अख्तियारी पाएको छ। उनले दोषी देखिएकालाई कारबाहीको माग गरेकी छन् ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौँ आएका थिए।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ३ : ४३ बजे

पर्वतमा शिक्षक संगठनको जिल्ला समिति भंग

पर्वत – नेपाल राष्ट्रिय शिक्षक संगठनको पर्वत जिल्ला कार्यसमिति भंग

कानुनमन्त्री सोविता गौतमद्वारा न्याय परिषद् र न्याय सेवा आयोगसँग छलफल

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले

सट्टेबाजी एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – नेपाल सरकारले देशभर सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण बन्द गराउने सरकारको निर्णय

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा उच्च

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक