बार एसोसिएसनद्वारा चौथो चरणको आन्दोलन घोषणा, देशभरका अदालतमा बहस नगर्ने « Khabarhub

बार एसोसिएसनद्वारा चौथो चरणको आन्दोलन घोषणा, देशभरका अदालतमा बहस नगर्ने


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको बार एसोसिएसनले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले चौथो चरणको आन्दोलन घोषणा गरेको महासचिब लीलामणि पौडेलले जानकारी दिए ।

वार्ताका लागि भन्दै प्रधानन्यायाधीश राणाले शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएकै दिन बारले चौथो चरणको आन्दोलन घोषणा गरेको हो । महाससचिब पौडेलका अनुसार सोमबारदेखि शुक्रबारसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरिएको छ । सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ ।

यस्तै मुद्दा दर्ता नगर्ने, जिल्ला र उच्च अदालतमा पनि विरोध प्रदर्शन गर्ने, संसदमा रहेका दलहरुलाई ज्ञापनपत्र बुझाउने र काठमाडौँ केन्द्रित कार्यक्रम गर्ने तय भएको छ ।

महासचिब पौडेलले शुक्रबार राणाले पठाएको पत्रबारे छलफल नभएको बताए । उनले राजीनामा दिने भएमात्र वार्ता बस्ने नत्र वार्तामा नबस्ने बताए । उनले राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताए ।

यस्तै बारले बिहीबार र शुक्रबार बारको आन्दोलनमा प्रहरी बल प्रयोग गरिएकोमा आपत्ति जनाएको छ । सोमबार देशभरका अदालतमा बहस पैरवी नगर्ने कार्यक्रम बल प्रयोगको विरोधमा भएको महासचिब पौडेलले जानकारी दिए । उनले संसारमा कहिँ पनि कानून व्यवसायीमाथि प्रहरीले बल प्रयोग नगर्ने भए पनि यहाँ एसएलआरसहितका सशस्त्र प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाए ।

प्रहरीको लाठी चार्जमा बार अध्यक्ष श्रेष्ठसहित केही कानून व्यवसायी घाइते भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : १७ बजे

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध