बार्सिलोनाको सघंर्षपूर्ण जित « Khabarhub

बार्सिलोनाको सघंर्षपूर्ण जित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सघंर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता लिए पनि इल्चेले ६२ र ६३ औँ मिनेटमा दुई गोल फर्काएपछि खेल रोचक अवस्थामा पुगेको थियो ।

८५ औँ मिनेटमा निकोलस गोन्जालेजले निर्णायक गोल गरेपछि बार्सिलोना विजयी भएको हो । त्यसअघि फरेन जुट्ग्ला र गाबीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाउँदै गोल गरेका थिए ।

इल्चेका लागि जोसे एन्टोइनी मोरेन्टे र पिर्रे मिल्लाले बराबरी गोल मात्रै गर्न सके । जितपछि बार्सिलोना १७ खेलबाट २७ अंकसहित सातौँ स्थानमा छ । पराजित इल्चे भने १५ अंकसहित १८ औँ स्थानमा छ ।

अर्को खेलमा सेभिल्लाले एट्लेटिको मड्रिडलाई २–१ गोलले हरायो । जितपछि सेभिल्ला १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ ।

पराजित एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा छ भने समान खेलबाट ४२ अंकसहित डिफेन्डिङ च्याम्पियन रियल शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ३७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी