प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि « Khabarhub

प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि सुरू हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन सुरू हुन लागेको हो ।

यसैबिच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो ।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह र प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रदेश सभा अधिवेशनको उद्घाटन सत्रमा सबै दलका नेताहरुले शुभकामना मन्तव्य मात्र राखेर बैठक अन्त्य गर्न आग्रह गरिने नेकपा प्रचण्ड माधव समूहका प्रदेश १ सहइन्चार्ज राजेन्द्र र्राईले जानकारी दिए ।

प्रदेशसभा भवनमा बसेकेा नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सूचारु गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिए । यसैबीच प्रदेश सभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन