प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि « Khabarhub

प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि सुरू हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन सुरू हुन लागेको हो ।

यसैबिच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो ।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह र प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठकलाई महत्वका साथ हेरिएको छ ।

प्रदेश सभा अधिवेशनको उद्घाटन सत्रमा सबै दलका नेताहरुले शुभकामना मन्तव्य मात्र राखेर बैठक अन्त्य गर्न आग्रह गरिने नेकपा प्रचण्ड माधव समूहका प्रदेश १ सहइन्चार्ज राजेन्द्र र्राईले जानकारी दिए ।

प्रदेशसभा भवनमा बसेकेा नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सूचारु गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिए । यसैबीच प्रदेश सभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २७ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको