सांसद किनबेच सुरू भएको झाँक्रीको आरोप « Khabarhub

सांसद किनबेच सुरू भएको झाँक्रीको आरोप


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले मंगलबार झापाको दमकमा नगरस्तरीय कार्यकर्ता भेला गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा साविकको नेकपा माओवादीको पार्टी कार्यालयमा भेला सम्पन्न भएको हो । पार्टी एकता पछि सो कार्यालयलाई नयाँ पार्टीको जनवर्गीय संगठनहरुको साझा कार्यालय भनिएको थियो ।

भेलामा नेतृ रामकुमारी झाँक्रीले संसद विघटन पछि प्रदेश स्तरमा सांसदहरु किनवेच सुरू भएको आरोप लगाईन् । प्रधानमन्त्रीको कदमलाई लिएर पार्टी विभाजनको अवस्थामा पुगेपछि प्रदेश सरकार र संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र त्यसपछि फिर्ता लिने क्रममा किनवेचको शृंखला सुरू भएको उनको आरोप छ ।

उनले भनिन्, ‘सरकारको कदम गलत भएको थाह भइरहँदा पनि कतिपय प्रदेशसभाका सांसदहरुले अविश्वासको प्रस्तावमा सही गर्न सकेनन्, सही गरी सकेका कतिपय अहिले फिर्ता लिइरहेका छन् । यो किनबेचको शृंखला नभएर के हुन सक्छ र ?’

उनले पार्टी दर्शन, सिद्धान्त र संगठनको आधार तयार नपारि विचौलियाका भरमा पार्टी एकता घोषणा गरिएका कारणले पनि एकता टिक्न नसकेको टिप्पणी गरिन् ।

कार्यक्रममा नेता रवीन कोईराला, नेतृ धर्मशिला चापागाँई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : ५३ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग