चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आयो : उद्योगमन्त्री भट्ट « Khabarhub

चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आयो : उद्योगमन्त्री भट्ट


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् ।

चीनले एक वर्षदेखि स्थलमार्गबाट हुने आयात–निर्यात रोकेको भन्दै मन्त्री भट्टले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

कोभिड–१९ लाई कारण देखाउँदै चीनले एक वर्षदेखि रसुवा र तातोपानी नाका आंशिक र एकतर्फी मात्रै सञ्चालन गर्दै आएको छ। सोही कारण उनले ‘चीनसँग व्यापार नै गर्ने कि नगर्ने’ भनेर पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

चीनले दुवै नाकाबाट दैनिक ४–५ कन्टेनर सामग्री मात्रै छाड्दै आएको छ। निर्यात भने पूर्ण रूपमा रोकेको छ। नेपाल इन्टर मोडल यातायात विकास समितिको २४औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनसँग जोडिएका नाकाबाट एक वर्षदेखि आयात आंशिक मात्रै हुन सकेको र निर्यात पूर्ण रूपमा रोकिएकोप्रति असन्तुष्टि प्रकट गरेका हुन्।

‘चीनले कोभिड र विभिन्न बहानामा एक वर्षदेखि व्यापार रोक्दा त्यसको मार जनतासम्ममै पुगेको छ,’ उनले भने, ‘हाम्रो छिमेकीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएनन् ।’ त्यसैले अब ‘चीनसँग व्यापार गर्ने कि नगर्ने ?’ भनेर पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनले बताए।

१० महिनादेखि सामान रोकिएका वेला कन्टेनरको मूल्यसमेत बढाएको भन्दै उनले असन्तुष्टि पोखेका छन्। नाका रोक्ने अनि कन्टेनरको मूल्य बढाउने कार्य गलत भएको मन्त्री भट्टले बताए।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : ०३ बजे

कङ्गोमा इबोला सङ्क्रमण तिव्र, ६४८ जनाको मृत्यु

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन