राजपरिवारको विरोध गर्ने थाइ महिलालाई ४३ वर्षको जेल सजाय | Khabarhub Khabarhub

राजपरिवारको विरोध गर्ने थाइ महिलालाई ४३ वर्षको जेल सजाय


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजपरिवारको विरोध गरेको अभियोगमा थाईल्यान्डकी एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ।

राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो ।

‘आन्चन’ भनेर चिनिने ६३ वर्षीया पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडियो फाइल शेयर गरेकी थिइन् जसमा राजतन्त्रको अपमान गरिएको पाइएको थियो ।

आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लिपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन्। सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १ : १५ बजे

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक,

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ ।

२३ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुई दिनमा झण्डै २३ लाख

बाँकेको राँझा विमानस्थलको नयाँ टर्मिनल भवन तयार

बाँके– नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति