प्रदेश १ को प्रदेशसभा बैठक स्थगित « Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज सुरू भएको हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको हो ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै सत्तारूढ दल नेकपा विभाजन भएको छ । विभाजनसँगै विभिन्न प्रदेशका सरकार संकटमा परेका छन् ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट देखिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ५९ बजे

झिक्कै झिक्कै माया तमलाई, आई लभ यु- बालेन !

२०८० सालको भदौ १६ गते, शनिबार। वालेन्द्र शाह काठमाडौँ महानगरका

एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

काठमाडौँ– नेपालको औषधि उत्पादन कम्पनी एम.डी.एच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी– मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने

विश्वकपमा मेसीको ह्याट्रिकले रोनाल्डोको रेकर्ड तोडियो

काठमाडौँ – सन् २०२२ को कतार विश्वकप जितेपछि कप्तान लियोनेल