प्रदेश १ को प्रदेशसभा बैठक स्थगित « Khabarhub

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ प्रदेशसभा बैठक स्थगित भएको छ ।

आज सुरू भएको हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको हो ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै सत्तारूढ दल नेकपा विभाजन भएको छ । विभाजनसँगै विभिन्न प्रदेशका सरकार संकटमा परेका छन् ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट देखिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ५९ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको