ब्राजिलको यो भवन विश्वभर चर्चित « Khabarhub

ब्राजिलको यो भवन विश्वभर चर्चित


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा कैयौं प्रकारका आश्चर्य छन् । जसलाई हेर्दा समेत पत्याउन ग्राहो हुन्छ । ब्राजिलको सैन्टोस शहरमा यस्तै एक आश्चर्यको चीज त्यस शहरको आकर्षण बनेको छ । त्यस शहरमा बनेको एउटा भवन कैयौं मानिसको आर्कषणको केन्द्र छ ।

सैन्टोस शहरको यो भवन बनावटका कारण विश्वभर चर्चामा पुगेको छ । खासमा यो भवन पीसाको झुकेको भवन झै ढल्किएको छ । यो भवन लामो समयदेखि यस्तै अवस्थामा छ । यतिमात्र होइन, यो भवन क्रमश बढ्दै समेत गएको छ । जसका कारण यो भवन झन् झन् झुक्दै गएको छ ।

सैन्टोस स्काइलाइनमा करिब ६ सय ५१ भवन छन् । यसमध्ये केही भवन ५ इञ्चसम्म झुकेका छन् । जो खासै थाहा पाउन सकिदैन । तर केही भवन भने २ मीटरसम्म झुकेका कारण परैबाट भवन टेढो देखिन्छ ।

सैन्टोस शहरका अपार्टमेन्ट सन् १९५० र १९६० दशकका बनाइएको थियो । त्यस समय भवन बनाउँदा आर्किटेक्ट्सले सस्तो तरिका अपनाउदै खर्च बचाउन अण्डरग्राउण्ड गहिरो बनाएनन् । साथै यसमा कंक्रिट पैडिंगको प्रयोग गरिएको थियो । जानकारी रहोस् कंक्रीटको पैडिंग धेरै गहिरो हुदैन । साथै यो भवन बालुवाको ७ मीटर मोटो तहमा बनेको छ जो लिस्याइलो माटोमा हुन्छ । जसका कारण यो भवन हरेक पटक ढल्किदै जान्छ ।

यसरी झुकिरहेको भवनका कारण त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन् । तर कारण झुकेको भवन भने होइन । खासमा भवन झुकेका कारणले ती अपार्टमेन्टमा बनेका ढोका र झ्याल ठीक तवरले बन्द हुदैनन् । साथै भुई पनि समतल हुदैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर