बहराइन प्रवेश गर्ने नेपाली श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने « Khabarhub

बहराइन प्रवेश गर्ने नेपाली श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनले बैदेशिक रोजगारीका लागि श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई कोरोना परीक्षणको दायरा बढाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो नियम यही २२ फेब्रुअरीदेखि लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ भने दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ ।

यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

आफ्नो मोवाइलमा ‘बीवेयर बहराइन’ एप अनिबार्य डाउनलोड गर्नुपर्नेछ । विमानस्थलमा गरिएको पहिलो परीक्षणको रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोलेट’ बस्नु पर्ने नियम रहेको दूतावासले जनाएको छ ।

यसअघि बहराइन प्रवेश गर्नेले दुईपटक मात्र कोरोना परीक्षण गर्ने नियम थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०८ बजे

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको