बहराइन प्रवेश गर्ने नेपाली श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने « Khabarhub

बहराइन प्रवेश गर्ने नेपाली श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनले बैदेशिक रोजगारीका लागि श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई कोरोना परीक्षणको दायरा बढाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो नियम यही २२ फेब्रुअरीदेखि लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ भने दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ ।

यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

आफ्नो मोवाइलमा ‘बीवेयर बहराइन’ एप अनिबार्य डाउनलोड गर्नुपर्नेछ । विमानस्थलमा गरिएको पहिलो परीक्षणको रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोलेट’ बस्नु पर्ने नियम रहेको दूतावासले जनाएको छ ।

यसअघि बहराइन प्रवेश गर्नेले दुईपटक मात्र कोरोना परीक्षण गर्ने नियम थियो।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०८ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी