खोपको दुबै डोज लगाएकाले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने « Khabarhub

खोपको दुबै डोज लगाएकाले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले कोभिड – १९ भ्याक्सिनका दुबै डोज लगाइसकेकाहरूलाइ कतारमा क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार यो सुविधा कतारी नागरिक र कतारको आवासिय अनुमति प्राप्त (कतारी आईडी होल्डर ) का लागि मात्र हुने जनाएको छ ।

यो सुविधा भ्याक्सिनको दोस्रो डोज लगाएको १४ दिन पश्चात ३ महिनासम्म मात्र मान्य हुने हामद अस्पतालका सरुवा रोग विभागका प्रमुख डा.अब्दुल्लातिफ अल खालले बताए ।

कतारबाट छुट्टीमा गएकाहरू महंगो होटल क्वारेन्टाइनको बाद्यात्मक नियममा पिल्सिदै कतार फर्किन नसकिरहेकाहरूलाई यो एउटा सहज र कम खर्चिलो निकास हुन सक्नेछ ।

यहाँ खोप सुरु भएदेखि अहिलेसम्म एक लाखभन्दा बढी मानिसहरूले कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ बिरुद्धको खोप अभियान कतारमा गत डिसेम्बर २३ तारिख २०२० देखि सुरु भएको थियो । पहिलो चरणमा वृद्धहरू, गम्भीर दीर्घकालीन रोगहरू र स्वास्थ्य सेवा फ्रन्टलाइनमा काम गर्नेहरुलाई  प्राथमिकता दिइरहेको छ ।

कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने यसअघि नै जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ३५ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल