प्रधानमन्त्री ओली 'सत्ता उन्मादले मात्तिएको' नेता नेपालको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली ‘सत्ता उन्मादले मात्तिएको’ नेता नेपालको आरोप


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– पूर्वप्रधानमन्त्री तथा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘सत्ता उन्माद’ले मात्तिएको आरोप लगाएका छन् ।

नेकपा दाहाल–नेपाल समूहद्वारा संखुवासभामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई बिर्सिएको आरोप लगाएका हुन्।

सम्बोधनकै क्रममा नेता नेपालले ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको समेत आरोप लगाए । ओलीलाई जंगली ‘मत्ता हात्ती’को संज्ञा दिँदै उनले पदको गरिमा राख्न नसकेको समेत बताए ।

उनले भने, ‘मुलुक गफ र उखान–टुक्काले मात्रै चल्दैन, अब ओलीको पतन सुरु भइसक्यो, चाँडै जनताले उनलाई बालुवाटारबाट बालकोट लखेट्छन् ।’

लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनले आरोप लगाए। उनले भने,‘ओलीले श्री ३ बनेर संविधान च्यात्न खोजे। पार्टी बचाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै पटक त्याग गर्नुभयो तर, सकिए।’ उनले चाँडै संसद पुर्नस्थापना हुने ठोकुवा गरे।

विरोधसभामा नेकपाका अर्का नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गरे ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प भएको उनको तर्क थियो । विरोध सभामा नेतृ रामकुमारी झाँक्रीले ओलीले जनताबाट तिरस्कृत भएपछि संसद विघटन गरेको आरोप लगाइन ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ५४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका