म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु « Khabarhub

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यानमार– सैन्य ‘कू’ पछि म्यानमारमा जारी प्रदर्शनका क्रममा शनिबार सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

“आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

यस अघि शुक्रबार पनि सुरक्षाकर्मीको गोली लागेर घाइते एक जनामा मृत्यु भएको थियो । म्ये थ्वी चैइङ नामकी उनी गत फेब्रुअरी ९ मा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकी थिइन् ।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले वाटर क्यानन, रबरको गोली र वास्तविक गोली चलाउँदै आएको छ । आङ सान सूची नेतृत्वको सरकारलाई हटाएर म्यानमारमा सैन्य कू भएपछि त्यसको विरोधमा पछिल्लो समय दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ०४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु