तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह | Khabarhub Khabarhub

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकासमन्त्री प्रभु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन् ।

रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्तर्गत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उनले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने बताएका हुन् ।

मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्वप्रधानमन्त्री माधव नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गरे ।

उनले नेता नेपाल चुनाव हारेर प्रधानमन्त्री र अधिवेशनमा हारेर पार्टी अध्यक्ष कुन नैतिकताले बन्ने गरेका छन् भनी प्रश्न समेत गरेका थिए ।

मन्त्री साहले आफनै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृतिले गर्दा निर्वाचनमा जानुपर्ने बाध्यता आइपुगेको बताउँदै निर्वाचनपछि नेकपा थप बलियो भएर जाने विश्वास व्यक्त गरे ।

उनले यसअघि आफू शहरी विकासमन्त्री हुँदा देशमा रु ५० अर्ब बराबरको भौतिक पूर्वाधार निर्माण गराएको बताउँदै यस पटक पनि रौतहट, मधेश र देशकै विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ३९ बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले