तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह « Khabarhub

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री साह


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकासमन्त्री प्रभु साहले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन् ।

रौतहटको संसदीय निर्वाचन क्षेत्र नं २ अन्तर्गत तेजापाकडमा आयोजित नेकपाको क्षेत्रीय भेलालाई सम्वोद्धन गर्दै उनले सरकारले घोषणा गरेको पहिलो चरणको आगामी वैशाख १७ र दोस्रो चरणको वैशाख २७ गते नै चुनाव हुने बताएका हुन् ।

मन्त्री साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिने तर पूर्व राजा ज्ञानेन्द्रको खुट्टामा दाम चढाउने पूर्वप्रधानमन्त्री माधव नेपाल कसरी अग्रगमनकारी भए भन्ने प्रश्न गरे ।

उनले नेता नेपाल चुनाव हारेर प्रधानमन्त्री र अधिवेशनमा हारेर पार्टी अध्यक्ष कुन नैतिकताले बन्ने गरेका छन् भनी प्रश्न समेत गरेका थिए ।

मन्त्री साहले आफनै पार्टीको सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रवृतिले गर्दा निर्वाचनमा जानुपर्ने बाध्यता आइपुगेको बताउँदै निर्वाचनपछि नेकपा थप बलियो भएर जाने विश्वास व्यक्त गरे ।

उनले यसअघि आफू शहरी विकासमन्त्री हुँदा देशमा रु ५० अर्ब बराबरको भौतिक पूर्वाधार निर्माण गराएको बताउँदै यस पटक पनि रौतहट, मधेश र देशकै विकासलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ९ : ३९ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा