निर्देशकले झुक्याएर शेरनको गोप्य अंग खिच्दा… « Khabarhub

निर्देशकले झुक्याएर शेरनको गोप्य अंग खिच्दा…


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– फिल्म उद्योगबाट प्रायः यस्ता खबर बाहिर आउछन्, जुन खबर सुन्दा मानिसहरु अचम्मित हुन्छन् । खास गरी हलिउडमा यस्ता मामला धेरै सुनिन्छन् ।

हलिउडमा निर्देशकहरुलाई अभिनेत्रीहरुले फिल्मको सेटमा छलेर अन्तरंग दृश्य छायांकन गर्छन् भन्ने आरोप लगाउने गर्दछन् । यो कुरा उनीहरु फिल्म रिलिजको वर्षौपछि मात्र खुलासा गर्छन् ।

प्रख्यात अमेरिकी अभिनेत्री शेरन स्टोनले आफ्नो संस्मरण ‘द ब्यूटी अफ लिभिङ ट्वाइस’मा यस्तै एउटा रहस्यको खुलासा गरेकी छन् ।

अमर उजालामा प्रकाशित समाचार अनुसार उनले सन् १९९२ मा रिलिज फिल्म ‘बेसिक इन्सटिङ्ट’को बारेमा एउटा गम्भीर खुलासा गरेकी हुन् ।

६४ वर्षीया अनुभवी अभिनेत्रीले निर्देशकले आफूलाई झुक्याएर गोप्य अंगको छायांकन गरेको खुलासा गरेकी छन् । यो त्यही फिल्म हो, जसले शेरनलाई सुपरस्टार बनाइदियो । तर उनले यो फिल्मबाट कैयौं समस्याको सामना गर्नुपर्यो ।

फिल्ममा शेरनको भूमिका केथरीन ट्रामेलको थियो । जो बाइसेक्सुअल हत्यारा हुन्छिन् । ‘फिल्मको सुटिङका समयमा मलाई भित्री कपडा उतार्न भनिएको थियो । तर मलाई त्यो बेला थाहा थिएन कि यसो गरेर निर्देशकले मेरो गोप्य अंग खिच्छन् भनेर’, उनले पुस्तकमा लेखेकी छन् ।

सुटिङपछि शेरनलाई निर्देशक पल वेरहोवेनले एक कोठामा बोलाएका थिए । त्यो कोठा एजेन्ट र वकिलले भरिएको थियो । ती मानिसको फिल्ममा कुनै काम थिएन ।

‘त्यो समयमा मैले पहिलोपटक आफ्नो गोप्य अंगको सुटिङ देखें । यसअघि हामीलाई केही पनि हेर्ने अधिकार दिइएको थिएन । सुटिङको समयमा मलाई ‘तपाईंको अन्डरगारमेन्टले लाइटलाई प्रभावित बनाइरहेको छ । यसलाई हटाउनुपर्छ’ मात्र भनिएको थियो’, उनले लेखेकी छन् ।

यसपछि उनी रिसाएर निर्देशकलाई थप्पड मारिन् । यो मामलामा उनले वकिलको पनि सहयोग लिइन् । सन् २०१९ मा बर्लिनको ‘जीक्यू अवार्ड’मा पनि शेरनले यो कुराको खुलासा गरेकी थिइन् । जुन अवार्डमा उनका छोरा रोअन दर्शकका रुपमा सबै कुरा सुनिरहेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ३० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००