महिला क्रिकेट खेलाडीले यसै साता तलब पाउने « Khabarhub

महिला क्रिकेट खेलाडीले यसै साता तलब पाउने


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम उपलब्ध गराउने भएको छ ।

क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए ।

खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको सचिव प्याकुरेलले बताए ।

‘आईसीसीबाट रकम प्राप्त भइसकेको छ । रकम केही थोरै प्राप्त भएको छ,’ उनले भने, ‘रकम थोरै भएकाले के कति दिन सकिन्छ, त्यो हेर्दै छौँ ।’

क्यानले आईसीसीबाट ६ करोड प्राप्त गर्नु पर्ने हो । तर, क्यानका पदाधिकारी कै कमजोरीमा आईसीसीले ३ करोड रुपैँया मात्र उपलब्ध गराएको छ ।

महिला खेलाडीलाई क्यानले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो । गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गरेको थियो ।

खेलाडीलाई वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।

क्यानले ६ महिनाका लागि खेलाडीलाई कन्ट्रयाक्ट दिएको थियो । महिला खेलाडीलाई क्यानले ‘ए’ , ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरेको थियो ।

‘ए’ श्रेणीमा रहेका खेलाडीले मासिक १५ हजार, ‘बी’ मा रहेका खेलाडीले १२ हजार र ‘सी’ का खेलाडीले मासिक १० हजार पाउने छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

रवि र उनका साझेदारका दुई मुद्दा फिर्ताको निर्णय लिँदा भेटिएका नयाँ प्रमाण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा एमालेकी भण्डारी र कांग्रेसका खाती विजयी

धनगढी– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी

रोशनीपछि दलित कोटाबाट एमालेका पोर्तेल पनि राष्ट्रिय सभामा विजयी

विराटनगर- कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका २ र

ओलीको सचिवालयबाट राष्ट्रिय सभाको यात्रा तय गरिन् रोशनी मेचेले

काठमाडौं- राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट रोशनी मेचे निर्वाचित भएकी

कर्णालीबाट राष्ट्रिय सभामा ललितजंग र मीनासिंह विजयी

काठमाडौं- कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस र नेकपा