जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा « Khabarhub

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ ।

मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ ।

हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन । स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो ।

अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन् ।

राजधानी टोक्योमा समेत भूकम्पको झट्का अनुभव गरिएको थियो । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ०१ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको