जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा « Khabarhub

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ ।

मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ ।

हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी आएको छैन । स्थानीय समयअनुसार साँझ ६ बजेर ९ बजे ठूलो भूकम्पको झट्का महसुस भएको थियो ।

अहिले सो क्षेत्रको २ सय घरपरिवार विद्युतविहीन भएका छन् । मियागी प्रान्तो सेन्दाई शहरमा ठूलो भूकम्पको झट्का महसुस भएको त्यहाँका स्थानीयले बताएका छन् ।

राजधानी टोक्योमा समेत भूकम्पको झट्का अनुभव गरिएको थियो । अहिले सो क्षेत्रका रेल सेवाहरु बन्द गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ८ : ०१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल