एक प्रेरक प्रसङ्ग ‘जपको प्रभाव’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘जपको प्रभाव’


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन केही शिष्यले आफ्ना गुरुसँग सोधे— गुरुजी ! तपाईंको भनाइ मानेर हामीले हरेक दिन जप गर्छौं । तर यसबाट कुनै लाभ भएको जस्तो हामीलाई लागेन । यसको कारण के होला ?

आफ्ना शिष्यको सुनेर गुरु केही नबोली मुसुक्क हाँसे । केही समयपछि उनले रक्सीले भरिएको एउटा बोतल लिन पठाए र भने— यसबाट कुल्ला गरे बोतललाई खाली गरिदिनू ।

शिष्यले त्यस्तै गरे । त्यसपछि गुरुले सोधे — के बोतल खाली भएपछि तिमीहरुलाई नशा लाग्यो ?

सबै शिष्यहरुले एकैसाथ भने— गुरुजी ! नशा कसरी लाग्छ ? हामीले रक्सीलाई घाँटीबाट तल नै पुर्‍याएनौँ ।

गुरुले मुस्कुराउँदै भने— जसरी घाँटीभन्दा तल नगएसम्म रक्सीको असर हुँदैन, माथिबाट जप गरेर त्यसको असर हुँदैन । जबसम्म हृदयबाट जप गर्दैनौँ वा त्यसैमा डुब्दैनौँ त्यसबाट लाभ हुँदैन ।

शिष्यहरुले आफ्नो जिज्ञासाको उत्तर पाए र जप गर्न गए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४५ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै