असार ९  गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ? « Khabarhub

असार ९  गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ?


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो ।

निगमका अनुसार कोरोना भाइरस महामारी नियन्त्रण्का लागि सरकारले गरेको निषेधाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो ।

दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् ।

नेपाल वायुसेवा निगमका अनुसार दुबईको उद्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ । उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ ।

निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ ।

यूएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ८ : ४० बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा